निर्वाचनले आर्थिक गतिविधि बढाउँछ तर अर्थतन्त्रमा सुधार गर्दैन : अर्थविद् डा.अधिकारी

सफल खबर संवाददाता

बुधबार, ०४ जेठ २०७९, १५ : ५०
निर्वाचनले आर्थिक गतिविधि बढाउँछ तर अर्थतन्त्रमा सुधार गर्दैन : अर्थविद् डा.अधिकारी

काठमाडौं । वरिष्ठ अर्थविद् डा.चन्द्रमणि अधिकारीले स्थानीय तह सदस्यको निर्वाचनले देशको अर्थतन्त्रमा सुधार नभएको बताएका छन । डा.अधिकारीले निर्वाचनमा भएको खर्चले अर्थतन्त्रमा सुधार ल्याउने आशा गरिए पनि त्यसो नभएको बताए ।

नेपालको निर्वाचन, अर्थतन्त्र, उत्पादन, उपभोग र व्यापारको स्थितिले देशकै अर्थतन्त्र सुधार हुन्छ भन्ने कुरा आशा गर्न गर्न लायक नरहेको उनको भनाइ छ ।उनले स्थानीय तह सदस्य चुनावमा औपचारिक क्षेत्रबाट भन्दा अनौपचारिक क्षेत्रबाट धेरै खर्च भएको र यसले मुलुकको अर्थतन्त्रमा ठूलो लाभ नहुने बताए ।

बैंकभन्दा बाहिर राखिएको पैसा अहिले सबै ननिस्किएको भन्दै उनले संघीय र प्रदेशसभाको निर्वाचनमा सबै पैसा निस्कने बताए ।वरिष्ठ अर्थविद् डा.अधिकारीले स्थानीय तहको निर्वाचन आवधिक भएकाले पैसासँग तुलना गर्न उपयुक्त नहुने बताए ।

उनले निर्वाचनका क्रममा सरकार वा निजी क्षेत्रबाट खर्च हुने पैसाले स्थानीय तहमा केही मात्रामा मात्रै आर्थिक गतिविधि बढाउने भए पनि मुलुककै अर्थतन्त्रमा ठूलो परिर्वतन नगर्ने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस