नेपाली टी–२० लिग असोज कात्तिकमा हुने

सफल खबर संवाददाता

बुधबार, ०४ जेठ २०७९, १५ : १२
नेपाली टी–२० लिग असोज कात्तिकमा हुने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले होम एण्ड अवेका आधारमा नेपाल टी–२० लिग गर्ने गरी  मिति घोषणा गरेको छ । काठमाडौंको एक होटलमा भब्य कार्यक्रमकबीच क्यानले मिति घोषणा गरेको हो । प्रतियोगिता ८ असोजमा सुरु भई ५ कात्तिकमा समापन हुनेछ । 

खेलका लागि क्यानले भारतीय कम्पनी सेभेट थ्री स्पोर्टस्सँग कमर्सियल पार्टनरको रुपमा सम्झौता गरेको छ । घोषणासँगै  नेपाली क्रिकेट नयाँ आयमतर्फ बढेको  क्यानका कार्यवहाक सचिव प्रशान्त विक्रम मल्लले जनाए । 

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले संघका आधिकारिक लिगको मिति र प्रतियोगिता घोषणा गर्न पाउँदा खुसी लागेकाे बताए । प्रतियोगिता कीर्तिपुरस्थित टीयू  क्रिकेट मैदानमा हुनेछ । प्रतियोगिता होम एण्ड अवेका आधारमा हुने चन्दले बताए । 

यस्तै, प्रतियोगितासँगै क्यान आर्थिक रुपमा बलियो हुने  उनले बताए । टिमको नाम र घोषणा १५ दिनपछि गर्ने बताए । 

प्रतिक्रिया दिनुहोस