जुम्ला । जुम्लाको तिला गाउँपालिकाको अध्यक्षमा माओबादी केन्द्रका मोतिलाल रोकाया र उपाध्यक्षमा गोरीकला बुढा (कल्पना) विजयी भएका छन । रोकाया नेपाली कांग्रेसका एकराज चौलागाईलाई २१ मतअन्तरले पछि पार्दै विजयी बनेका हुन् ।
उनले एक हजार ९ सय ३६ मत प्राप्त गरेका हुन । उनका प्रतिद्वन्दी कांग्रेसका एकराज चौलागाईले एक हजार ९ सय १५ मत प्राप्त गरेका हुन ।
त्यस्तै, उपाध्यक्षतर्फ २ हजार ४ मतसहित नेकपा माओवादी केन्द्रकी गोरीकला बुढा (कल्पना) विजयी भएकी छन । उनकी निकटतम् प्रतिद्वन्दी कांग्रेसकी सुस्मा श्रेष्ठले एक हजार ८ सय ७ मत प्राप्त गरेकी हुन ।
यस पटक तिला गाउँपालिकामा ६ हजार ३ सय ३१ मत खसेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ जेठ २०७९, ०८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै
जुम्लाका किसानलाई मार्सी धान रोप्न भ्याइनभ्याइ
असिनापानीले जुम्लामा स्याउका बिरुवामा क्षति
जुम्लामा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक पुग्यो
जुम्लामा वर्षा र हिमपात, किसानलाई राहत (तस्वीरहरू)
जुम्लाको दुर्गम गाउँ सडक सञ्जालमा जोडियो