काठमाडौं । प्रतिनिधिसभामा विभिन्न आठवटा अध्यादेश पेस गरिएको छ । मंगलबारबाट सुरु भएको संसदको ११औँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमा विभिन्न आठवटा अध्यादेश पेस गरिएको हो ।
गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८’, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ र तेजाव तथा अन्य पातक रासायनिक पदार्थ नियमता अध्यादेश २०७८’ पेस गरेका हुन् ।
यस्तै स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ पेस गरेका हुन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले रेल्वे अध्यादेश, २०७४’ पेस गरिन् । सोही बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ र यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ पेस गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ जेठ २०७९, १६ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै
प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी
प्रतिनिधिसभा निर्वाचन : काभ्रेका ८८ मतदानस्थल संवेदनशील
प्रतिनिधिसभा निर्वाचन : एक मतदातास्थल र १८ केन्द्र थप गरियो
प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ दललाई चुनाव चिह्न प्रदान