काठमाडौं । नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर सूचीकृत भएको हो ।
कम्पनीको १९ प्रतिशत बोनस शेयर वापतको ६४ लाख ४२ हजार ६८९ दशमलव ४९ कित्ता बोनस शेयर दोस्रो बजारमा सूचीकृत गराएको हो । बुधवारदेखि कारोबारयोग्य हुने यी शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ जेठ २०७९, १४ : ५०
लेखकबाट थप