नलगाडको मेयरमा माओवादी र उपमेयरमा कांग्रेस विजयी

सफल खबर संवाददाता

मंगलबार, ०३ जेठ २०७९, १४ : ४१
नलगाडको मेयरमा माओवादी र उपमेयरमा कांग्रेस विजयी

जाजरकोट ।जाजरकोटको नलगाड नगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रका डम्बरबहादुर रावत निर्वाचित भएका छन्। रावतका प्रतिस्पर्धी नेकपा एमालेका धर्मबहादुर शाहीलाई १ हजार ९७३ मतले पराजित गर्दै निर्वाचित भएका हुन्।

नेकपा माओवादी केन्द्रका रावतले ५ हजार ५९९ मत प्राप्त गरेका थिए। नेकपा एमालेका धर्मबहादुर शाहीले ३ हजार ६२६ मत प्राप्त गरे।यस्तै उपप्रमुखमा नेपाली काँग्रेसकी सुरिता सिंहले ५ हजार ४०६ मत प्राप्त गरी विजयी भएकी छन्। उनी नेकपा एमालेकी सुनिता बोहरालाई २ हजार १३ मतले पछि पार्दै विजयी भएकी हुन्।

नेकपा एमालेकी बोहराले ३ हजार ३९३ मत प्राप्त गरेकी छन्। नलगाड नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले चुनावी तालमेल गरेका थिए।

प्रतिक्रिया दिनुहोस