जनकपुरधाम । सर्लाहीको लालबन्दीमा खसेको मतभन्दा कम मतपत्र भेटिएपछि नेकपा एमालेका कार्यकर्ताले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । लालबन्दी नगरपालिका ८, मा मतपेटिकामा खसेको भन्दा ९ मत कम भेटिएपछि एमालेका कार्यकर्ता सडकमा टायर बालेर प्रर्दशन गरिरहेका छन् ।
आधारभूत विद्यालयस्थितको मतदान केन्द्रमा १ हजार ४२७ मत खसेको थियो । मतगणना गर्दा १ हजार ४१८ वटा मतपत्र मात्रै भेटिएको छ । ९ वटा मतपत्र गायब भएपछि एमालेका कार्यकर्ता आन्दोलित भएका हुन् । उनीहरु मतदान अधिकृतविरुद्ध नाराबाजी गर्दै राजमार्ग ठप्प पारेका छन् ।
लालबन्दीस्थित निर्वाचन अधिकृतको कार्यालयले गएराति नै लालबन्दी ८ मा नेकपा माओवादी केन्द्रका शुक्रबहादुर पाख्रिन वडाध्यक्षमा निर्वाचित भइसकेको जनाएको छ । पाख्रिन ४६० मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयको भनाइ छ । नेकपा एमालेका उमेदवार सुवास पाख्रिनले ४४४ मत ल्याएका छन् ।
अध्यक्षमा निर्वाचित शुक्रबहादुर र निकटतम प्रतिस्पर्धी सुवासबीचको मतान्तर १६ मात्रै छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ जेठ २०७९, १४ : २२
लेखकबाट थप