सुन तोलामा २ सय रुपैयाँले बढ्यो, कतिमा हुदैछ कारोबार ?

सफल खबर संवाददाता

मंगलबार, ०३ जेठ २०७९, ११ : ४९
सुन तोलामा २ सय रुपैयाँले बढ्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सुधार आएको छ । आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबारको दिन छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँ कायम भएको थियो ।त्यस्तै, अघिल्लो कारोबारको दिन प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार भइरहेको चाँदी मंगलबार भने तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजा। २६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस