तुर्किले फिनल्याण्ड र स्विडेनलाई नाटोको बोलपत्र रोक्न दियो चेतावनी

सफल खबर संवाददाता

मंगलबार, ०३ जेठ २०७९, ११ : ४२
तुर्किले फिनल्याण्ड र स्विडेनलाई नाटोको बोलपत्र रोक्न दियो चेतावनी

फिनल्याण्ड र स्विडेनले नाटोको सदस्यता लिने निर्णयप्रति तुर्किका राष्ट्रपतिले विरोध जनाएका छन्। तुर्किका राष्ट्रिका रिसेप टाययप एर्डोगनले उत्तरी यूरोपका २ देशलाई नाटोको सदस्य बन्नको लागि तुर्किलाई मनाउने प्रतिनिधि पठाउनुपर्ने जरुरी नरहेको बताएका छन्।

कुर्दिश आतंकवादी संगठनलाई चलाउने मनशाय यी दुई देशले राखेकोमा तुर्किका राष्ट्रपति रिसाएका हुन्।यो भन्दा अगाडि स्वीडेनले रुसले यूक्रेनमाथि आक्रमण गर्दा यूरोप खतरनाक नयाँ वास्तविकतामा बाँचेको बताएको थियो। रुसि राष्ट्रपति भ्लादिमीर पुटिनले यसअघि फिनल्याण्ड र स्वीडेनको ३० सदस्यीय सैन्य गठबन्धनमा सामेल हुने कदमले मस्कोलाई प्रत्यक्ष धम्की नदिने भएपनि सैन्य पूर्वाधारको विस्तारले मस्कोको क्रेमलिनबाट प्रतिक्रिया आउने कुरामा जोड दिन्छ।

सोमबार भएको पत्रकार सम्मेलनमा तुर्कीका राष्ट्रपति एर्डोगनले फिनल्याण्ड र स्वीडेनले नाटोमा आवद्ध हुन लागेको विषयको विरुद्धमा रहेको बताएका छन्। उनले स्वीडेनलाई आतंकवादी संगठन उत्पादनको ह्याचरीको संज्ञा पनि दिएका छन्।‘यी देशहरुको आतंककारी संगठनप्रति स्पष्ट र खुला दृष्टिकोण छैन। यीनीहरुमाथि हामिले कसरी विश्वास गने ?’  उनले भने।

तुर्किले यी दुई देशहरुलाई आतंकवादी संगठन कुदिस्तान वकर्स पार्टीको सदस्यता लिएको आरोप लगाएको छ।

 

प्रतिक्रिया दिनुहोस