दमकमा गठबन्धनका थापालाई ८६९ मतले अग्रता

सफल खबर संवाददाता

मंगलबार, ०३ जेठ २०७९, ०८ : ५४
दमकमा गठबन्धनका थापालाई ८६९ मतले अग्रता

दमक । झापाको दमकमा गठबन्धनका तर्फबाट प्रमुखको उम्मेद्वार बनेका राप्रपाका रामकुमार थापालाई ८ सय ६९ मतले अग्रता पाएका छन् । एमालेबाट प्रमुखको उम्मेद्वार बनेकी गीताकुमारी पौडेल अधिकारीलाई ६ हजार ६ सय ८४ मत प्राप्त भएको छ । 

यस्तै उपप्रमुखमा एमालेका अम्बिकाप्रसाद खनाल ७ हजार ५ सय ९२ मतका साथ अग्रस्थानमा छन् भने गठबन्धनको तर्फबाट कांग्रेसकी रेगिना भट्टराई ७ सय २ सय ३१ मतका साथ दोस्रो स्थानमा छिन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकको मतपरिणामलाई चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस