धनुषाको धनौजी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा काँग्रेसको क्लिन स्वीप

सफल खबर संवाददाता

मंगलबार, ०३ जेठ २०७९, ०८ : ४१
धनुषाको धनौजी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा काँग्रेसको क्लिन स्वीप

जनकपुर । धनुषाको धनौजी गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्ष र उपाध्यक्ष विजयी भएका छन् । अध्यक्षमा राजकुमार साह २ हजार २ सय ६२ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका जीवेन्द्र झाले २ हजार १६३ मत ल्याएको निर्वाचन अधिकृत पोषराज खनालले जानकारी दिए। यसैगरी, उपाध्यक्षमा कांग्रेसकै रामवति देवी मण्डल निर्वाचित भएकी छन् ।

उनले २ हजार ४३० मत ल्याएकी हुन् भने उनको निकटतम प्रतिद्वन्द्वी लोसपाकी रंजिता देवी मण्डलले १ हजार ९०१ मत ल्याएकी छन्। यस्तै, वडा नं. १ बाहेक ४ वटा वडामा कांग्रेसकै वडाध्यक्ष निर्वाचित भएका छन् । वडा नं. १ मा लोसपाको प्यानल विजयी भएको हो ।

प्रतिक्रिया दिनुहोस