देवघाट गाँउपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवारले गरे क्लिन स्विप

अध्यक्षमा तिलबहादुर थापा र उपाध्यक्षमा भुवनसिंह गुरुङ निर्वाचित

सफल खबर संवाददाता

मंगलबार, ०३ जेठ २०७९, ०६ : ३९
देवघाट गाँउपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवारले गरे क्लिन स्विप

देवघाट । तनहुँको देवघाट गाउँपालिकाको अध्यक्षमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् ।  गाउँपालिकाको अध्यक्षमा नेपाली काङ्ग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी) केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

 अध्यक्षमा काङ्ग्रेसका तिलबहादुर थापा ४३०६ मत प्राप्त गरी विजयी भएका छन भने उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का दुर्गबहादुर थापाले ३४८३ मत प्राप्त गरे । 

उपाध्यक्षमा नेकपा (माओवादी) केन्द्रका भुवनसिंह गुरुङ ३७२१ मत ल्याई निर्वाचित भए भने उनका निकटतम प्रतिष्पर्धी एमालेका सावित्री न्यौपानेले ३४६७ मत ल्याए । 

कूल १२८१५ मतदातामध्ये गाउँपालिकामा ८६४७ मत खसेको थियो । पाँच वटा वडामध्ये देवघाटमा नेपाली काङ्ग्रेसले २, ३ र ५ र एमालेले १ र ४ वडामा विजय हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस