दिनभर लुम्बिनीमा बिताएर भारतीय प्रधानमन्त्री मोदी फर्के

सफल खबर संवाददाता

सोमबार, ०२ जेठ २०७९, १७ : ४४
दिनभर लुम्बिनीमा बिताएर भारतीय प्रधानमन्त्री मोदी फर्के

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्धपूर्णिमाका दिन लुम्बिनीमा विभिन्न कार्यक्रममा सहभागी भएर अपराह्न भारततर्फ उडेका छन्।

उनी प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर लुम्बिनी जयन्तीम आयोजित थुप्रै कार्यक्रममा सहभागी भएर भारत फर्केका हुन्।प्रधानमन्त्री शेरबहादुर देउवा र मोदीको उपस्थितिमा नेपाल र भारतबीच पाँचवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ।

नेपाल र भारतबीचको शताब्दी पुरानो शैक्षिक एवं सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ तुल्याउन दुई देशबीच पाँचवटा समझदारी भएकाे हाे।भारतीय शैक्षिक एवं सांस्कृतिक प्रतिष्ठानले लुम्बिनी बौद्ध विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित एक–एकवटा तथा काठमाडौँ विश्वविद्यालयसँग तीनवटा समझदारीपत्रमा हस्ताक्षर भएकाे हाे।

त्यस्तै, अरुण चौथोको निर्माण नेपाल विद्युत प्राधिकरण र भारतीय कम्पनी सतलजले गर्ने समझदारी पनि भ्रमणका क्रममा भएको छ।

प्रतिक्रिया दिनुहोस