थप ७ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

सोमबार, ०२ जेठ २०७९, १७ : ०५
थप ७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन्।सोमबार ९ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर १३९ जना सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा १ हजार ५४६ पीसीआर तथा १ हजार २३९ एन्टिजेन परीक्षण भएको छ।

प्रतिक्रिया दिनुहोस