सी डिभिजन लिगमा समाज कल्याण र साँगाको बराबरी

सफल खबर संवाददाता

सोमबार, ०२ जेठ २०७९, १५ : ३९
सी डिभिजन लिगमा समाज कल्याण र साँगाको बराबरी

काठमाडौं । शहीद स्मारक सी डिभिजन लिग फुटबलमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगाबीचको खेल बराबरीमा सकिएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज दिउँसो भएको खेलमा समाज कल्याण र सााँगाबीचको खेल १–१ गोलको बराबरीमा सकिएको हो ।साँगाका लागि निरक लिम्बुले गोल गरे भने समाज कल्याणका लागि बिपिन पराजुलीले गोल फर्काए । खेलको ८६ औं मिनेटमा लिम्बुको गोलले साँगाले अग्रता लियो ।

तर, खेलको इन्जुरी टाइममा बिपिन पराजुलीले गोल गर्दै समाज कल्याणलाई खेलमा फर्काउन सफल भए । साँगाका रवि कुमार म्यान अफ द म्याच घोषित भए । अर्को खेलमा झापा फुटबल क्लब र रानीवन स्पोर्ट्स क्लब दिउँसोमा ४ बजे आमने सामने हुनेछन् ।

झापा सातौं जित निकाल्न चाहन्छ भने रानीवन तेस्रो जितको खोजीमा रहेको छ । १९ अंकसहित झापा अंकतालिकाको दोस्रो स्थानमा छ भने ७ अंकसहित रानीवन ९ औँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस