राजस्थान दोस्रो स्थानमा उक्लियो

सफल खबर संवाददाता

सोमबार, ०२ जेठ २०७९, १५ : २१
राजस्थान दोस्रो स्थानमा उक्लियो

काठमाडौं । लखनउ सुपर जायन्टलाई २४ रनले हराउँदै राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल)को दोस्रो स्थानमा उक्लिएको छ । 

आइतबार राति मुम्बईको ब्राबोउर्नी रंगशालामा टस जितेर ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७८ रन बनाएको थियो । १७९ रनको लक्ष्य पछ्याएको लखनउले आठ विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो ।जितसँगै राजस्थानले १३ खेलबाट १६ अंक जोडेको छ । पराजित लखनउको पनि १३ खेलबाट १६ अंक छ । तर, रनरेटका आधरमा राजस्थान अग्रस्थानमा रहेको हो । समान २० अंकको गुजरात टाइटन्स शीर्ष स्थानमा छ ।

राजस्थानका ओपनर यशस्वी जैसवालले ४१ रन बनाए । देवदत्त प्याडिकलले ३९, कप्तान सञ्जु सामसनले ३२, रियान परागले १९ र जेम्स नीसमले १४ रन बनाए । ट्रेन्ट बोल्ट १७ र रवीचन्द्रन आश्विन १० रनमा अविजित रहे ।लखनउका रवी विश्नोईले दुई विकेट लिँदा आभास खान, जसोन होल्डर र आयुष बडोनीले एक/एक विकेट लिए ।

१७९ रनको लक्ष्य पछ्याएको लखनउका लागि दीपक हुडाले ५९ रन बनाए । मार्कुस स्टोइनिसले २७, क्रुनाल पाण्डेयले २५ र केएल राहुलले १० रन बनाउनुबाहेक अरू खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।राजस्थानका बोल्ट, प्रसिद्ध कृष्ण र ओबेड म्याककेएले समान दुई विकेट लिए । युजभेन्द्र चाहल र आश्विनले एक/एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस