रियाल र बार्सिलोना बराबरीमा रोकिए

सफल खबर संवाददाता

सोमबार, ०२ जेठ २०७९, १५ : १९
रियाल र बार्सिलोना बराबरीमा रोकिए

काठमाडौं । स्पेनिस ला लिगाको शीर्ष दुई टोली रियाल मड्रिड र बार्सिलोना आइतबार राति बराबरीमा रोकिएका छन् । उपाधि जितिसकेको रियाल मड्रिडले कार्डिजसँग १–१ को बराबरी खेलेको हो । दोस्रो स्थानमा रहन सफल बार्सिलोना भने गेटाफेसँग गोलरहित बराबरीमा रोकिएको हो । 

रेलिगेशनबाट बच्न संघर्ष गरिरहेको कार्डिको घरेलु मैदानमा रियालले शुरुमै अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन । पाहुना टोली रियालले मारिएनो डियाजको गोलबाट पाँचौं मिनेटमा अग्रता लिएको थियो । ३७औं मिनेटमा रुबेन सोब्रिनोले बराबरी गोल फर्काएका थिए । 

बराबरीपछि लिगमा एक खेल बाँकी हुँदा रियाल ८५ अंकका साथ शीर्ष स्थानमा छ । रियाल मड्रिडले यसअघि नै ला लिगाको उपाधि जितिसकेको छ । रियाल अब च्याम्पियन्स लिग उपाधि जित्ने लक्ष्यमा छ । रियालले च्याम्पियन्स लिगको फाइनलमा इङ्लिस प्रिमियर लिगको क्लब लिभरपुलविरुद्ध प्रतिस्पर्धा गर्नेछ । 

बार्सिलोना ७३ अंकका साथ दोस्रो स्थानमा छ । बार्सिलोनाले गेटाफेविरुद्ध गोलरहित बराबरी खेलेको हो । गेटाफे ३९ अंकका साथ १४औं स्थानमा छ । ला लिगाको अन्य खेलमा तेस्रो स्थानको एट्लेटिको मड्रिडले चौथो स्थानको सेभियाविरुद्ध १–१ को बराबरी खेल्यो । रियाल सोसिडाडले भियारियाललाई २–१ ले हरायो । त्यस्तै रियाल बेटिसले ग्रानाडालाई २–० ले हरायो । लेभान्टेले डेपोर्टिभो अलाभेसलाई ३–१ ले हरायो । मायोर्काले रायो भायोकानोलाई २–१ ले हराउँदा सेल्टा भिगोले इल्चेलाई १–० ले हरायो । 

प्रतिक्रिया दिनुहोस