काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार केशव स्थापित र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले प्राप्त गरेको मत जोड्दा पनि स्वतन्त्र उम्मेदवार बालेन साहकोभन्दा कम रहेको छ ।
हालसम्मको मतगणना अनुसार बालेन साहले ६ हजार ६९२, केशव स्थापितले ३ हजार ५६२ र सिर्जना सिंहले ३ हजार १२६ मत पाएका छन् । बालेनले स्थापितले प्राप्त गरेकोभन्दा ३ हजार १३० र सिंहकोभन्दा ३ जहार ५६६ बढी मत ल्याएका छन् । सिंहको भन्दा बालेनले दुई गुना बढी मत प्राप्त गरिसकेका छन् ।
स्थापित र सिंहले प्राप्त गरेको मत जोड्दा पनि बालेनको जति पुगेको छैन । स्थापित र सिंहले प्राप्त गरेको कूल मत जोड्दा ६ हजार ६८८ हुन्छ । उक्त मत बालेनले एक्लै प्राप्त गरेकोभन्दा ४ मत कम हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ जेठ २०७९, १२ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरको बजेट आज नआउने
बालेनले बोलाएको ‘स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति’ को बैठक रद्द
काठमाडौं महानगरको वेबसाइटमा अब वायु प्रदूषणको ताजा अवस्था हेर्न सकिने
राजु पाण्डेको निलम्बनपछि महानगरमा तनाव हुने भय, खटाइयो प्रहरी
काठमाडौं महानगरमा विदेशी कुकुर दर्ता गर्न अब २ हजार रुपैयाँ लाग्ने
प्लाष्टिकजन्य फोहोर नबाल्न महानगरको आग्रह