काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीमा न्यानो स्वागतको लागि प्रधामन्त्री शेरबहादुर देउवालाई धन्यावाद दिएका छन् । उनले लुम्बिनी आइपुगेको केही समयपछि सामाजिक सञ्जाल ट्वीटर मार्फत भनेका छन्, ‘लुम्बिनीमा न्यानो स्वागतको लागि प्रधानमन्त्री देउवालाई धन्यवाद दिन चाहन्छु ।’
भारतीय प्रधामन्त्री मोदी भारतीय वायु सेनाको हेलिकप्टरमा विहान लुम्बिनी आएका हुन् । बुद्ध जयन्त्रीको अवसरमा आयोजना गरिने कार्यक्रममा सहभागी हुन उनी लुम्बिनी आएका हुन् ।
लुम्बिनीमा मोदीलाई प्रधानमन्त्री देउवाले स्वागत गरेका थिए । त्यसपछि दुवै देशका प्रधानमन्त्रीले मायादेवीको मन्दिरमा एकसाथ प्रार्थना गरेका थिए । मोदीको आज ६ घण्टा लुम्बिनीमा बिताएर स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ जेठ २०७९, १२ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीले रिटेन गर्यो रोहितसहित ६ खेलाडी
आफैँले बनाएको लुम्बिनीको सभाहलप्रति ओलीले जनाए असन्तुष्टि
प्रधानमन्त्री ओली लुम्बिनीमा
बढेन लुम्बिनीको पूँजीगत खर्च, हालसम्म कति भयो कार्यान्वयन ?
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
गण्डकी र लुम्बिनी प्रदेश जोड्ने पुल निर्माण अन्तिम चरणमा