अछाम : ढकारी गाउँपालिकामा कांग्रेस उम्मेदवार साउँद विजयी

सफल खबर संवाददाता

सोमबार, ०२ जेठ २०७९, ०६ : २७
अछाम : ढकारी गाउँपालिकामा कांग्रेस उम्मेदवार साउँद विजयी

अछाम । अछामको ढकारी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका प्रकाशबहादुर साउँद विजयी भएका छन् । उनले ३ हजार १८१ मतका साथ विजयी हासिल गरेका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका धर्मबहादुर शाहीले २ हजार ५५५ मत पाए । एकीकृत समाजवादीका शेरबहादुर बुढाले १ हजार ५९० मत पाए । तेस्रोमा समाजवादी भएको छ । 

त्यसैगरी उपाध्यक्षमा काँग्रेसकै नेत्रकला देवी शाही ३ हजार १०० मतका साथ विजयी भइन् । उनकी निकटतम प्रतिस्पर्धी माया देबी बुढाले २ हजार ५७३ मत पाइन् । एकीकृत समाजवादीकी देभकला चलाउने (खत्री) ले १ हजार ५७८ मत पाइन्।
 

प्रतिक्रिया दिनुहोस