रुकुम पूर्व : पुथा उत्तरगंगा गाँउपालिकाको दुबै पदमा माओवादी विजयी

सफल खबर संवाददाता

सोमबार, ०२ जेठ २०७९, ०६ : २०
रुकुम पूर्व : पुथा उत्तरगंगा गाँउपालिकाको दुबै पदमा माओवादी विजयी

रुकुम पूर्व । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा पनि माओवादी केन्द्र विजयी भएको छ ।

माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार पुनीराज घर्ती ३९१३ मतका साथ विजयी भएका हुन्  । उनले नेपाली काँग्रेसका तेजेन्द्र खाम मगरलाई पराजित गरेका हुन् । मगरले २११३ मत पाए । 

यसैगरी उपाध्यक्षमा माओवादीकै भुपेन्द्र बुढा ४०५९ मतका साथ विजयी भइन् । सो गाउँपालिकामा काँग्रेसकी कमला कुमारी मल्ल दोस्रो भइन् । 

प्रतिक्रिया दिनुहोस