पोखरामा महानगर अपडेट : अग्रता बढाउँदै समाजवादीका धनराज, एमालेको कति मत ?

सफल खबर संवाददाता

सोमबार, ०२ जेठ २०७९, ०६ : ०८
पोखरामा  महानगर अपडेट : अग्रता बढाउँदै समाजवादीका धनराज, एमालेको कति मत ?

पोखरा । पोखरा महानगरपालिकाको मतगणना जारी छ ।

पछिल्लो मतपरिणाम अनुसार मेयर पदका एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रतालाई निरन्तरता दिएका छन् ।

उनले ३ हजार ४६५ मत प्राप्त गर्दा नेकपा एमालेका कृष्ण थापाले ३ हजार १०८ मत प्राप्त गरेका छन् । यस्तै राप्रपाका शंकर खरालले ४६२ मत प्राप्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस