काठमाडौं । थाहा नगरपालिकाको वडा नम्बर ३ मा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ । भर्खरै सम्पन्न मतगणनामा माओवादी केन्द्रका हिरेन्द्र रायमाझी ७५९ मतसहित वडाध्यक्षमा विजयी भएका हुन् ।
रायमाझीका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुजनकुमार रायमाझीले ५७० मत प्राप्त गरेका छन् । राष्ट्रिय जनमोर्चाका दिनेश विष्टले ४६४ मत प्राप्त गरे । खुल्ला वडा सदस्यहरुमा माओवादीका कृष्णकुमार कार्की र पवित्रा कार्की विजयी भएका छन् । महिला सदस्यमा कविता विष्ट र दलित महिला सदस्य सविता सुनार विजयी भएका छन् ।
नगरको वडा नम्बर १ र २ मा पनि माओवादी केन्द्र विजयी भएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ जेठ २०७९, ११ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्रको पदाधिकारी बैठक जारी
माओवादी केन्द्रको चार महिने नयाँ कार्ययोजना साउन १ गतेदेखि कार्यान्वयन हुने
माओवादीको प्रष्टीकरण-‘विद्यालाई नारायणकाजीले भेटेकोबारे पार्टीलाई जानकारी छैन’
कलाकार बाबा पाख्रिनसहित सयौँ जना माओवादीमा प्रवेश
माओवादीद्वारा विपद् व्यवस्थापनमा जुट्न चार बुँदे निर्देशन
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’: माओवादी केन्द्र