चितवन । भरतपुर महानगरपालिकाको मतगणना जारी रहेको छ। मतगणना जारी रहँदा मतपत्रमा मत नहालेर एमसीसीको विरोध गरेर लेखेको पाइएको छ ।
मतगणनामा खटिएका एक जना दलीय प्रतिनिधिले दुई वटा मतपत्रमा फरक दृश्य देखिएको बताए । उनका अनुसार एउटा मतपत्रमा कसैलाई पनि मत नहाली ‘दलाललाई भोट हाल्दिनँ, एमसीसी मूर्दावाद’ लेखेको पाइएको छ।
अर्को एक मतपत्रमा भने एमसीसीको विरोध गरिएको चिट भेटिएको उनले बताए । दुबै मतपत्र बदर भएको छ । भरतपुर महानगरपालिकाको जारी मतगणनामा गठबन्धनकी उम्मेदवार रेनु दाहालको अग्रता रहेको छ । दाहालले एमालेका उम्मेदवार विजय सुवेदीलाई पछि पारेकी हुन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ जेठ २०७९, ०८ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय भवनको ‘प्रचण्ड’ले गरे उद्घाटन
भरतपुर महानगरपालिका तोडफोडको प्रयास, प्रहरीले हान्यो अश्रुग्यास
भरतपुर महानगरपालिकाद्वारा विपद्का उद्धार सामग्री हस्तान्तरण
‘आत्मनिर्भर भरतपुर’ को रोडम्याप : कृषि, रोजगारी र सुशासनमा दूरदर्शी योजना
भरतपुरको विकासमा यी कार्यक्रमले पाए निरन्तरता, यस्ता कार्यक्रम आउँदैछन् नयाँ