सल्याण : कुमाख गापा वडा नं. ७ मा माओवादी केन्द्रको प्यानल विजयी

सफल खबर संवाददाता

शनिबार, ३१ बैशाख २०७९, १० : ४९
सल्याण : कुमाख गापा वडा नं. ७ मा माओवादी केन्द्रको प्यानल विजयी

काठमाडौं । कुमाख गाउँपालिका वडा नं. ७ मा माओवादी केन्द्रका डम्बर शाही विजयी भएका छन्। शाहीले ६४३ मत लिई विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार एमालेका कवि चन्दले ५९५ मत प्राप्त गरेका छन्।

त्यसैगरी महिला सदस्य, दलित महिला सदस्य र खुला दुई सदस्यमा पनि माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन् । वडा नं. ७ माओवादी केन्द्रका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार डिल्लीराज जैशीको वडा हो। कुल मतदाता १९८९ रहेको वडा नं. ७ मा १३३८ मत खसेको थियो।

प्रतिक्रिया दिनुहोस