अछाम : रामारोशन–१ मलातिकाकोटमा माओवादीको प्यानल नै विजयी

सफल खबर संवाददाता

शनिबार, ३१ बैशाख २०७९, ०९ : ०९
अछाम : रामारोशन–१ मलातिकाकोटमा माओवादीको प्यानल नै विजयी

अछाम । अछामको रामारोशन गाउँपालिका १ मलातिकाकोटको वडा अध्यक्षमा माओवादी केन्द्रका चक्रबहादुर साउद विजयी भएका छ्न् ।

उनको पूरै प्यानल नै विजयी भएको हो । साउद ५ सय १९ मत ल्याएर निर्वाचित भएका हुन् । कांग्रेस र नेकपा (एकीकृत समाजवादी) गठबन्धनले वडा अध्यक्षमा १ सय ६८, नेकपा (एमाले) ले ३ सय ८० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस