सोलुखुम्बुको लिखुपिके–१ मा कांग्रेसको प्यानल नै विजयी

सफल खबर संवाददाता

शनिबार, ३१ बैशाख २०७९, ०८ : ३५
सोलुखुम्बुको लिखुपिके–१ मा कांग्रेसको प्यानल नै विजयी

सोलुखुम्बु । लिखुपिके गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । ४ सय ५४ मत खसेका उक्त वडामा नेपाली कांग्रेसका मिङ्मार ग्याल्जे शेर्पा २ सय १६ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका छिरिङ शेर्पाले १ सय ९५ मत ल्याएका लिए । ४ जना वडा सदस्य पनि सबै कांग्रेसकै निर्वाचित भएका छन् ।

उक्त वडाबाट कांग्रेसबाट पालिका अध्यक्षकी उम्मेदवार मिना कार्कीले २ सय ११ मत ल्याएकी छिन् भने माओवादीका उम्मेदवार डम्बरबहादुर बस्नेतले १ सय ८७ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार पोष्टकुमार कार्कीले २३ मत मात्र प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस