स्थानीय तह निर्वाचन

व्यास नगरपालिकाका मेयरका उम्मेदवार जोशीमाथि कुटपिट

सफल खबर संवाददाता

शुक्रबार, ३० बैशाख २०७९, १५ : ५३
व्यास नगरपालिकाका मेयरका उम्मेदवार जोशीमाथि कुटपिट

तनहुँ । तनहुँको व्यास नगरपालिकाको मेयरका उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएको छ ।

ब्यास नगरपालिका-८ मा मतदान केन्द्र निरीक्षण गर्न पुगेका उनीमाथि नेपाली कांग्रेसका कार्यकर्ताले कुटपिट गरेको जोशीले बताएका छन् । जोशीको टाउकोमा चोट लागेको छ ।

कांग्रेसका पूर्वनेता गोविन्दराज जोशीका छोरा दीपक नेकपा एमालेको समर्थनमा मेयरको उम्मेदवार बनेका छन् ।जोशीले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गाउँमा आफूमाथिआक्रमण भएको बताए । ‘२ मिनेट मात्र ढिला (कोठा) भित्र आएको भए म मर्न पनि सक्थें’ उनले भने, ‘अहिले पनि बाहिर गुण्डाहरु छन्, म भित्र छु ।’

प्रतिक्रिया दिनुहोस