स्थानीय तह निर्वाचन

गौशाला नगरपालिका मतदान रोकियो

सफल खबर संवाददाता

शुक्रबार, ३० बैशाख २०७९, १४ : ००
गौशाला नगरपालिका मतदान रोकियो

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिकाको एउटा मतदान केन्द्रमा मतदान प्रक्रिया अवरुद्ध बनेको छ । गौशाला-९ स्थित बिषहरपुर मतदान केन्द्रमा एक जना मतदाताको साथबाट दुईवटा मतपत्र  फेला परेपछी विवाद चर्किएको हो । 

जसका कारण करिव एक घण्टादेखि  मतदान प्रक्रिया अवरुद्ध बनेको छ । मतदानस्थलवाट स्थानीयले दिएको जानकारीअनुसार फेला परेको दुईवटा मतपत्र मध्ये एउटा नमुना मतपत्र रहेको छ ।

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरिक्षक रन्जन मिश्रले विवाद मिलाएर मतदान पुन: सुरू गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस