स्थानीय तह निर्वाचन

जुम्लाको गुठीचौर गाउँपालिकामा झडप, मतदान रोकियो

सफल खबर संवाददाता

शुक्रबार, ३० बैशाख २०७९, १३ : ४७
जुम्लाको गुठीचौर गाउँपालिकामा झडप, मतदान रोकियो

सुर्खेत  । जुम्लाको गुठीचौर गाउँपालिकाको एक मतदानस्थलमा झडप भएको छ । गुठीचौर गाउँपालिका-३ गज्यांकोटस्थित शंकर बहुउद्देश्यीय माध्यमिक विद्यालयमा रहेको मतदानस्थलमा झडप भएको हो । 

कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताबीच विवाद हुँदा झडप भएको हाे । दुई पार्टीका कार्यकर्ताबीच झडप हुँदा सहायक मतदान अधिकृत रवि भण्डारीको घुँडामा चोट लागेको छ ।

मतदाताले मतदाता परिचयपत्र च्यात्न खोजेपछि विवाद भएको जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाई बताइन् । ‘अहिले मतदान कार्य रोकिएको छ,’ उनले भनिन्, ‘मतदान स्थगित नै भएको होइन । केही समयका लागि रोकिएको मात्र हो ।’
एक हजार सात मतमध्ये अहिलेसम्म ३१२ मत मात्रै खसेको छ ।

प्रतिक्रिया दिनुहोस