सुर्खेत । जुम्लाको गुठीचौर गाउँपालिकाको एक मतदानस्थलमा झडप भएको छ । गुठीचौर गाउँपालिका-३ गज्यांकोटस्थित शंकर बहुउद्देश्यीय माध्यमिक विद्यालयमा रहेको मतदानस्थलमा झडप भएको हो ।
कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताबीच विवाद हुँदा झडप भएको हाे । दुई पार्टीका कार्यकर्ताबीच झडप हुँदा सहायक मतदान अधिकृत रवि भण्डारीको घुँडामा चोट लागेको छ ।
मतदाताले मतदाता परिचयपत्र च्यात्न खोजेपछि विवाद भएको जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाई बताइन् । ‘अहिले मतदान कार्य रोकिएको छ,’ उनले भनिन्, ‘मतदान स्थगित नै भएको होइन । केही समयका लागि रोकिएको मात्र हो ।’
एक हजार सात मतमध्ये अहिलेसम्म ३१२ मत मात्रै खसेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० बैशाख २०७९, १३ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जुम्लामा मार्सीधान रोपाइँ सुरु
दरबन्दी जुम्लामा, काज सिंहदरबारमा !
आन्तरिक पर्यटकीय गन्तव्य बन्दै जुम्लाको धिमीचौर
जुम्लाका किसानलाई काँचो स्याउ टिप्न प्रतिबन्ध
जुम्लामा भेँडापालक किसानलाई गोठालो भत्ता