प्रोष्टेटको शल्यक्रिया गरेका ९९ वर्षीय गुरुङले गरे मतदान

सफल खबर संवाददाता

शुक्रबार, ३० बैशाख २०७९, ११ : ०८
प्रोष्टेटको शल्यक्रिया गरेका ९९ वर्षीय गुरुङले गरे मतदान

व्यास नगरपालिका–८ रिस्तीका ९९ वर्षीय वृषसिं गुरुङले स्ट्रेचरमा मतदान केन्द्रसम्म पुगेर मतदान गरेका छन्।स्थानीय तह निर्वाचनका लागि उनले आज गाउँ विकास समिति मतदान केन्द्रबाट मतदान गरेका हुन्।

लामो समयदेखि अशक्त गुरुङको हालै मात्रै प्रोष्टेटको शल्यक्रिया गरिएको थियो। घरदेखि दश मिनेटको दूरीमा अवस्थित मतदान केन्द्रसम्म गुरुङलाई आफन्तको सहयोगमा ल्याइएको थियो। यसैगरी म्याग्दे गाउँपालिका–१ गुणादीस्थित माहेन्द्री मावि मतदान केन्द्रमा ९२ वर्षीय नारायणदत्त खनालले पनि मतदान गरेका छन्।

प्रतिक्रिया दिनुहोस