ओखलढुंगामा हवाई फायर, डेढ घण्टापछि पुनः मतदान सुरु

सफल खबर संवाददाता

शुक्रबार, ३० बैशाख २०७९, ११ : ०५
ओखलढुंगामा हवाई फायर, डेढ घण्टापछि पुनः मतदान सुरु

काठमाडौं । ओखलढुंगाको चम्पादेवी गाउँपालिका–९, मिश्र भन्ज्यांङमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ ।

झडपका क्रममा स्थितिलाई नियन्त्रणमा लिन ९ राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय, ओखलढुंगाका प्रमुख डीएसपी सुकदेव खनालले  बताए ।उनका अनुसार जीवनज्योति आधारभूत विद्यालयमा बिहान ९ बजे कांग्रेस र एमाले कार्यकर्ताबीच लाइन बस्ने विषयमा विवाद भएको थियो । त्यसक्रममा झडप भएको प्रहरीले जनाएको छ ।

‘प्रहरीले सम्झाउन खोज्दा बुथमा लगाएको बार नाघेर मतदान सामग्री भएको ठाउँमा प्रवेश गरेपछि हवाई फायर गर्नु परेको थियो’ खनालले भने । अहिले सर्वदलीय बैठक बोलाएर १० : ४५ बजेबाट मतदान पुनः सुचारु भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस