सर्लाहीको धनकौलमा हवाइ फायर, अहिलेसम्म सुरु भएन मतदान

सफल खबर संवाददाता

शुक्रबार, ३० बैशाख २०७९, ११ : ०२
सर्लाहीको धनकौलमा हवाइ फायर, अहिलेसम्म सुरु भएन मतदान

काठमाडौं । सर्लाहीको धनकौल गाउँपालिकामा प्रहरीले ६ राउन्ड  हवाइ फायर गरेका छन् ।

राजनैतिक दलका नेता कार्यकर्ताबीच झडप हुन थालेपछि प्रहरीले हवाइ फायर गरेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए।धनकौल गाउँपालिका-२, पशु सेवा केन्द्र मतदान स्थलमा सुरक्षाकर्मीले हवाइ फायर गरेका हुन्।

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले धनकौलमा स्थिति नियन्त्रणमा लिन हवाइ फायर गर्नु परेको जानकारी दिए।राजनीतिक दलका कार्यकर्ताहरूबीच ढुंगा हानाहान समेत भएको छ। विवाद भएको मतदान स्थलमा अहिलेसम्म मतदान सुरु हुन सकेको छैन।

राजनीतिक दलहरूबीच छलफल चलिरहेको प्रवक्ता बुढाथोकीले बताए।सर्लाहीकै बसबरिया गाउँपालिकामा समेत झडप भएको छ।

प्रतिक्रिया दिनुहोस