काठमाडौं । स्थानीय तह निर्वाचनअन्तरगत दोलखाको बैत्यश्वर गाउँपालिकामा मतदान स्थगित भएको छ। मतदानका विषयमा दुई पक्षीय झडप हुँदा मतदान स्थगित भएको हो ।
वैद्येश्वर कालिढुंगा मावि मतदान केन्द्रमा विवाद भएको प्रहरी प्रवक्ता एसएसपी विष्णु केसीले जानकारी दिए । यस्तै मेलुङ गाउँपालिकाको वडा नम्बर ४ स्थित मतदान केन्द्रमा पनितनाव भएपछि हवाइ फायर भएको छ । ]
दुई स्थानमा गरी जम्मा १३ राउण्ड हवाइ फायर भएको दोलखाका एसपी गंगा पौडेलले जानकारी दिए । दुबै स्थानमा मतदान स्थगित भएको छ भने अवस्थामा सामान्य बनाउन सर्वदलीय छलफल चलिरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० बैशाख २०७९, ०९ : ५४
लेखकबाट थप