काठमाडौं । भोलि (शुक्रवार) सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनमा काठमाडौँ महानगरमा १५६ केन्द्र र ३६३ बुथबाट जनप्रतिनिधि चुनिँदै छन् ।३ लाख २ सय ४२ मतदाता रहेको महानगरमा सबैभन्दा धेरै वडा नं. १६ मा २० हजार १७५ जना मतदाता छन् । वडा नं. ३२ धेरै मतदाता हुने दोस्रो वडामा पर्छ ।
यस वडामा १८ हजार ९१३ जना मतदाता छन् । यसै गरी वडा ३१ मा १८ हजार १०७ जना मतदाता छन् । यो धेरै मतदाता हुने तेस्रो ववडा नं. १ सबैभन्दा कम मतदाता हुने वडा हो । यस वडामा ३ हजार ७२९ जना मतदाता छन् ।
यसै गरी वडा १८ दोस्रो थोरै मतदाता हुने वडा हो । यसमा ३ हजार ९३९ जना मतदाता छन् । वडा नं. २३ मा ४ हजार ४७७ जना मतदाता छन् । यो थोरै मतदाता हुने वडामा तेस्रोमा पर्छ ।
वडा २० मा ४ हजार ६१४ जना मतदाता छन् । यो थोरै मतदाता हुने वडाका क्रममा चौथोमा पर्छ । महानगरमा १५६ वटा मतदान केन्द्र तोकिएका छन् । यसमा ३६३ वटा बुथ छन् । वडा ३१ सबैभन्दा धेरै मतदान केन्द्र भएको वडा हो । यसमा ११ वटा केन्द्र छन् । यसै गरी वडा १६ मा १० वटा केन्द्र छन् । यो वडा धेरै केन्द्र भएका वडाहरुमध्ये दोस्रोमा पर्छ ।
वडा ७ र ३२ मा ९/९ वटा केन्द्र छन् । यी वडाहरु तेस्रोमा पर्छन् । सबैभन्दा कम मतदान केन्द्र भएको वडा २३ हो । यसमा एउटा मात्र केन्द्र छ । वडा १९, २० र २४ मा २/२ वटा मात्र केन्द्र छन् ।यसै गरी वडा १, ५, ८, १२, १८ र २९ मा ३/३ वटा मतदान केन्द्र छन् ।
सबैभन्दा धेरै बुथ भएको वडा १६ हो । यस वडामा २३ वटा बुथ छन् । वडा ३१ र ३२ मा २२/२२ वटा बुथ छन् । धेरै बुथ भएको तेस्रो वडा १४ हो । यस वडामा २१ वटा बुथ छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ बैशाख २०७९, ११ : ४०
लेखकबाट थप