चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) स्थानीय तहको निर्वाचनमा मतदान गर्न चितवन आएका छन् । पुर्व प्रधानमन्त्री समेत रहेका उनले चितवन भरतपुर–१४ स्थित पुलिस स्कुल शिवनगरमा मतदान गर्नेछन् ।
प्रचण्ड मतदानको दिनभन्दा दुई दिन अगाडि नै चितवन आएका हुन् । उनी आज माडी गएका छन् । पाँच दलीय गठबन्धनबाट मेयरमा रेणु दाहालको उमेदवारी छ । मेयर उमेदवार स्वयं रेणुले पनि पुलिस स्कुलबाट मतदान गर्ने माओवादी केन्द्र चितवनका संयोजक आरसी अधिकारीले जानकारी दिए ।
‘दुबै जनाले पुलिस स्कुल शान्तिपुरबाट मतदान गर्दै हुनुहुन्छ । कतिबेला गर्ने भनेर समय भने तय भइसकेको छैन,' उनले भने । नेकपा (एमाले) का मेयरका उमेदवार विजय सुवेदीले भरतपुर–१२ स्थित मोहन माविबाट मतदान गर्दै छन् ।
यता, निर्वाचन कार्यालयका अनुसार जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । सबै मतदान केन्द्रमा सबै सामग्री सहित कर्मचारी खटिईसकेका छन् भने सुरक्षाकर्मी पनि परिचालन भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ बैशाख २०७९, १० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशलाई संकटबाट निकास दिन एकमात्र विकल्प : प्रचण्ड
‘प्रचण्ड’-माधव र झलनाथसँग चुनावी तालमेलबारे रन्जिताले गरिन् संवाद
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
‘फागुन २१ मै चुनाव हुनुपर्छ, आवश्यक सहयोग गर्न तयार छौँ’ : ‘प्रचण्ड’
‘प्रचण्ड’ र सञ्चार मन्त्री खरेलबीच भेटवार्ता
‘प्रचण्ड’ र वर्षमान रोल्पाबाट उम्मेदवार सिफारिस