भारतका लागि नेपाली राजदूत शर्माले बुझाए भारतीय राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र

सफल खबर संवाददाता

बुधबार, २८ बैशाख २०७९, १५ : ५६
भारतका लागि नेपाली राजदूत शर्माले बुझाए भारतीय राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र

काठमाडौं ।  भारतका लागि नेपाली राजदूत शंकर प्रसाद शर्माले आफ्नो ओहोदाको प्रमाणपत्र भारतका राष्ट्रपति रामनाथ कोविन्द समक्ष बुझाएका छन्।

भारतको राष्ट्रपति भवनमा बुधबार आयोजना गरिएको एक कार्यक्रमबीच उनले ओहोदाको प्रमाणपत्र बुझाएका हुन्।शर्मालाई केही साताअघि सरकारले भारतको लागि नेपाली राजदूत नियुक्त गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस