महालक्ष्मी लाइफको करोड बराबरको शेयर निष्काशन हुँदै, मर्जर कमिटी पनि गठन

सफल खबर संवाददाता

आइतबार, २५ बैशाख २०७९, १५ : ३२
महालक्ष्मी लाइफको करोड बराबरको शेयर निष्काशन हुँदै, मर्जर कमिटी पनि गठन

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ९० करोड बराबरको शेयर निष्काशन गर्ने निर्णय गरेको छ । आइतबार सम्पन्न कम्पनीको विशेष साधारण सभाले सो निर्णय गरेको हो । 

कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा भएको साधारणसभाले कम्पनीको अधिकृत पूँजी र जारी पूजी क्रमशः ५०० करोड र ३०० करोड हुने गरी  बृद्धि गर्ने निर्णय समेत भएको छ । यस्तै सेयर निष्कासनसहित मर्जर र एक्विजेसन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि भएको छ । 

बीमा समितिले चैत्र १० गते कम्पनीको चुक्ता पूँजी ५०० करोड गर्ने निर्देशन दिइसकेपछि संचालक समितिको निर्णय अनुसार पूँजी बृद्धिको योजना पेश भएको थियो । सोही योजना बमोजिम बीमा समितिबाट पूँजी बृद्धि गर्ने सहमती लिएर विशेष साधारण सभा आह्वान गरिएको थियो ।

 पूँजी बृद्धि योजना बमोजिम मर्जर र एक्विजेशन पछि चुक्ता पूँजी ५०० करोड पुर्‍याउने उद्देश्यले विशेष साधारण सभा सम्पन्न  भए पश्चात बसेको संचालक समितिको ५८ ‌औँ बैठकले संचालक सुरेश सापकोटाको संयोजकत्वमा संचालक उमेशलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई सम्मिलित तिन सदस्यिय मर्जर कमिटी गठन गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस