काठमाडौ । पाँच दलीय गठबन्धन दलहरूले आइतबार दाङको तुलसीपुर र घोराहीमा चुनावी सभा गर्ने भएको छ। तुलसीपुरको अरनिको मैदान र घोराहीको जिल्ला समन्वय समितिको मैदानमा चुनावी सभा गर्न लागिएको छ।
तुलसीपुर र घोराहीमा हुने चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व-प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ( प्रचण्ड ), कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा एकीकृत समाजवादीका उपमहासचिव डा. विजय पौडेल लगायतका शीर्ष नेताहरू दाङ आउन लागेका छन्।
तुलसीपुरको अरनिको मैदानमा दिउँसो करिब साढे १२ बजेदेखि सुरु हुने आयोजक नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीले बताए। तुलसीपुरको कार्यक्रम पछि नेताहरू घोराहीको सभालाई सम्बोधन गर्नेछन्।
गठबन्धन दलबाट तुलसीपुर उपमहानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी र उपमेयर पदमा नेकपा (एकीकृत समाजवादी ) का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज जोगबहादुर राना रहेका छन्।त्यस्तै, घोराही उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रका हेमराज शर्मा ( डायमण्ड ) मेयर पदमा र उपमेयरमा नेपाली कांग्रेसका नेता भूप बहादुर डाँगी रहेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ बैशाख २०७९, १२ : ३१
लेखकबाट थप