चितवनमा ५ दलिय गठबन्धनको चुनावी सभा आक्रामक : गठबन्धन प्रति निष्ठावान भएर मतदान गर्न कार्यकर्ताहरुलाइ जिल्ला नेताको अपिल

सफल खबर संवाददाता

आइतबार, २५ बैशाख २०७९, ११ : ३५
चितवनमा ५ दलिय गठबन्धनको चुनावी सभा आक्रामक : गठबन्धन प्रति निष्ठावान भएर मतदान गर्न कार्यकर्ताहरुलाइ जिल्ला नेताको अपिल

चितवन । आक्रामक रुपमा चुनावी प्रचारप्रसारमा लागेको ५ दलिय गठबन्धन ले आईतवार मंगलपुरमा चुनावी सभा गरेको छ । सभामा ५ दलिय गठबन्धनका उम्मेदवार तथा नेताहरुले यो गठबन्धन संविधान र लोकतन्त्र रक्षाको लागि गरिएको भन्दै गठबन्धनका साझा उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गरेका छन् । 

चुनावी सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रकी नेतृ एवं भरतपुर महानगर प्रमुखका प्रत्यासी रेनु दाहालले आफुले बितेको ५ वर्षमा गठबन्धनको मर्म र भावना अनुकुल समग्र विकासमा महत्वपुर्ण खेलेको र पुनः निर्वाचित भए आगामी ५ बर्ष पनिनगरवासीको चाहना अनुरुप विकास, शुसान र सामाजिक क्षेत्रको विकासको लक्ष्य लिएर अगाडी बढ्ने बताईन् । उनले पॉच दलिय गठबन्धनले जारी गरेको प्रतिबद्धता पत्र अनुरुप काम गर्ने समेत प्रतिबद्धता व्यक्त गरेकी छिन् । 

सभालाई सम्बोधन गर्दै उनले बितेको ५ वर्षमा ६ सय २२ किलोमिटर सडक कालोपत्रे, सिटी हल निर्माण, पुल्चोक–गोन्द्राङ सडक, बाईपास सडक, महानगरिय रिंगरोड, लिंकरोड, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, जस्ता महत्पपूर्ण पूर्वाधारहरु निर्माणमा अग्रसर भएको बताईन् । यि आयोजनाहरु देशकै गौरवको आयोजना भएको बताउदैं उनले ति आयोजनाहरु सम्पन्न गर्न फेरीपनि आफ्नै नेतृत्व आवश्यक रहेकोले आफुलाई भारी मतले विजयी गराउनुपर्नेमा जोड दिईन् ।

आफ्नो एकमात्र उद्येश्य भरतपुरको विकास रहेको भन्दै त्यो उद्येश्य वाचा सहित आगामी ५ वर्षमा पुरा गरि भरतपुरलाई देशकै नमुना बताउदैं उम्मेदवार दाहालले  त्यो अरु प्रतिष्पर्धीहरुको जस्तो भ्रमको बिस्कुन छरेर जनता ढाँटेर जनमतको अपमान नगर्ने समेत उल्लेख गरिन् । सोही सभालाई सम्बोधन गर्दै उपमेयर पदका उम्मेदवार चित्रसेन अधिकारीले ५ दलिय गठबन्धन समग्र भरतपुर महानगरको विकास र शुसासन कायम गर्ने संकल्प सहित चुनावी मैदानमा होमिएको बताउदैं उनले त्यही कारण गठबन्धनका उम्मेदवारहरुलाई अत्याधिक मतले विजय गराउनुपर्नेमा जोड दिए । आफू बिगत ५ बर्ष वडा सदस्यको रूपमा कुशलतापूर्बक कार्य सम्पादन गरिसकेको बताउदै अधिकारीले आगामी दिनमा पनि भरतपुर महानगरको विकासमा प्रतिबद्ध भएर लाग्ने बताए । 

सोही चुनावी सभामा काँग्रसका केन्द्रिय सदस्य टेकप्रसाद गुरुंगले गठबन्धनलाई टुटाउन सकिन्छ कि भनेर विपक्षीले फैलाएको भ्रम समाप्त भएको बताए ।  काँग्रेसको संस्थागत निर्णय नमानि बागी विद्रोही उम्मेदवारी दिनेहरु काँग्रेस हुनै नसक्ने बताउदैं उनले सम्पूर्ण काँग्रेसका नेता कार्यकर्तालाई  संस्थागत निर्णयलाई अक्षरसः पालना गर्न र सत्तारुढ गठबन्धनका साझा उम्मेदवारहरुलाई विजयी गराउन लाग्नुपर्नेमा जोड दिए । 

नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता तथा राष्टि«य सभा सदस्य नारायण प्रशाद दाहालले भरतपुर र चितवनका ७ वटै पालिकामा ५ दलिय गठबन्धनका उम्मेदवारको विजय  आजसम्म आईपुग्दा सुनिस्चित भईसकेको दाबी गरे । दाहालले भरतपुर विकास, शुसान र राजनितिको ईपिसेन्टर बनको बताउदैं भरतपुरमा गठबन्धनका उम्मेदवारलाई हराउने तागत प्रतिगामी शक्ति एमाले राप्रपा गठबन्धनमा नभएको बताए ।  विपक्षी गठबन्धनको उम्मेदवार विजय सुवेदी गफाडी र झुठो आश्वासनको पोका बाँडने र रेनु दाहालको नेतृृत्व काम र परिणाममा विश्वास गर्ने भएकाले मतदाताले परिणामलाई नै रोज्ने बताए ।

एमाले राप्रपा गठवन्धनले आफ्नो उम्मेदवारी भन्दा पनि बागी उम्मेदवारलाई महत्व दिनु नै हार स्वीकार गर्नु रहेको समेत बताए ।काँग्रेस चितवनका शभापति राजेश्वर खनालले गठबन्धनको आवश्यकता र औचित्वबारे प्रष्ट पार्दै गठबन्धनको साझा उम्मेदवारहरुलाई शानदार ढंगले विजय गराउनु गठबन्धन दलका नेता र कार्यकर्ताको दायित्व भएको बताए । सभापती खनालले कुनै पनि बागी बिद्रोही तथा प्रतिगमनकारी एमाले राप्रपा गठबन्धनका उम्मेदवारहरुले छरेको भ्रम र फोस्रो सपनाहरुको प्रतिवाद मतदानबाट गरि २९ वटै वडामा गठबन्धनका उम्मेदवारहरुलाई मतदान गरि विजयी बनाउन आग्रह गरे । 

गठबन्धन विरोधी गतिविधीमा नलाग्न आग्रह गर्दै उनले त्यसो गरेको पाइएमा पार्टीमा हैसियत नदिने समेत बताए । काँग्रेस नेता बिजय भूसालले प्रतिगमनकारीहरूलाई परास्त गर्दै लोकतान्त्रिक व्यवस्था स्थापना गर्न गठबन्धन आवस्यक भएको भन्दै बिकास, सुसासन र विधिको शासन स्थापित  गर्न मेयर रेनु दाहाल, उपमेयर चित्रसेन अधिकारीको नेतृत्वमा वडा तह सम्मका उम्मेदवारहरुलाई दाँयाबाँया नगरि मतदान गरि विजयी बनाउन आग्रह गरे । 

एकिकृत समाजवादीका उपाध्यक्ष कृष्णराज न्यौपानेले विकासप्रेमी इमान्दार उम्मेदवार दाहाल र अधिकारी नेतृत्वको टिमनै जितको आधार भएको भन्दै सबैले सुझबुझका साथ मतदान गरि विजय गराउन आग्रह गरे । कार्यक्रममा काँग्रेसका पूर्व जितनारायण श्रेष्ठ, केन्द्रिय सदस्य अन्जली श्रेष्ठ, पूर्व सांसद रामकृष्ण घिमिरे, प्रदेश सांसद मिलनबाबु श्रेष्ठसंगै सूर्यकान्त घिमिरे, शान्ति परियार लगायतका नेताहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस