निर्वाचन अगाडी प्रावि तहको नतिजा सार्वजनिक हुने, विषयगत परीक्षा असार १३ गते

सफल खबर संवाददाता

शनिबार, २४ बैशाख २०७९, १४ : ५८
निर्वाचन अगाडी प्रावि तहको नतिजा सार्वजनिक हुने, विषयगत परीक्षा असार १३ गते

काठमाडाैँ । शिक्षक सेवा आयोगले प्राथमिक तहको नतिजा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन भन्दा अगाडी नै सार्वजनिक गर्ने तयारी गरेको छ ।

शिक्षकको नयाँ पदपूर्तिको लागि चैत्र १९ गते परीक्षा सञ्चालन गरेको प्रतियोगितात्मक (सामान्य) परीक्षाको सार्वजनिक गर्ने तयारी गरेको स्रोतले जनाएको छ । स्रोत भन्यो “प्राथमिक तहको तृत्ीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक (सामान्य) परीक्षाको नतिजा चुनाव अगाडी गर्ने भनेर लागेका छौं । प्राविधिक कठिनाई केही नभए निर्वाचान अगाडी नतिजा सार्वजनिक हुन्छ ।”

त्यसैगरी विषय गत परीक्षा असार १३ गते सञ्चालन गरिने समेत तयारी गरेको जनाएको स्रोतले खबर एजुकेशनलाई जानकारी दिएको छ । प्राथमिक तहको १३ हजार २ सय ९७ रिक्त शिक्षक पदका लागि १ लाख १३ हजार ४ सय ४५ जनाले आवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस