मकवानपुरमा आजबाट माइकिङ बन्द

रासस

शनिबार, २४ बैशाख २०७९, ११ : ३६
मकवानपुरमा आजबाट माइकिङ बन्द

मकवानपुर । मकवानपुरमा शनिबारबाट सवारीसाधनमा माइकिङ तथा सार्वजनिक सवारी साधनमा झण्डा राख्न नपाइने भएको छ । सयौँ सवारीमा ठुलो ध्वनिमा चुनावी माइकिङ गर्ने क्रम बढेपछि आजदेखि सवारी साधनमा माइकिङ गर्न तथा सार्वजनिक सवारी साधनमा झण्डा राख्न नपाइने भएको हो ।

जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलीय बैठकले चुनावी नारा र गीतसहित गाडीमार्फत हुने माइकिङले ध्वनि प्रदुषण गराएको र सर्वसाधारणमा असर परेको भन्दै आजबाट बन्द गर्ने निर्णय गरेको हो । अब सभा र भेलामा मात्रै माइक प्रयोग गरेर सम्बोधन गर्न सकिनेछ ।

 

प्रतिक्रिया दिनुहोस