पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–५ चरचरेस्थित सिद्धार्थ राजमार्गमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।
बिहीबार बुटबलबाट रामपुरतर्फ आउँदै गरेको लु१च ७७८० नंको जिप दुर्घटना हुँदा सवारीधनी रामपुर नगरपालिका–३ का ४३ वर्षीय सूर्यप्रसाद श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए । । श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा निस्दी गाउँपालिका–४ का चालक २७ वर्षीय खेमबहादुर खाम्चा र रामपुर नगरपालिका–३ का ४६ वर्षीय टुकनारायण श्रेष्ठ घाइते भएका छ । श्रेष्ठको अवस्था गम्भीर छ भने खाम्चाको अवस्था सामन्य रहेको प्रहरीले जनाएको छ ।
घाइते दुवैको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । जिप सडकमा अनियन्त्रित भई करिब ३०० मिटर तल खसेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ बैशाख २०७९, ०८ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
ट्रक र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको निधन