हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजको भवन उद्घाटन

सफल खबर संवाददाता

मंगलबार, २० बैशाख २०७९, १६ : ५९
हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजको भवन उद्घाटन

काठमाडौं ।पुतलीसडक स्थित हिमालयन ह्वाइट हाउस इन्टरनेशन लकलेजको नवनिर्मित भवनको उद्घाटन गरीएको छ । आज एक समारोहका विच पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.यादव राज कोइरालाद्धारा उद्घाटन गरिएको हो ।

कलेजको आफ्नै हलमा आयोजित उद्घाटन समारोहका प्रमुख अतिथि उपकुलपति कोइरालाले हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज राष्ट्रकै एक उत्कृष्ट कलेज रहेको बताए । उनले यो कलेजमा पढ्न पाउनु विद्यार्थीका लागि सुवर्ण अवसर रहेको बताए । आफू उक्त कलेजका बारेमा धेरै अगाडिबाटै जानकार रहेको र कलेजको शिक्षा क्षेत्रमा ठूलो योगदान रहेको बताउदै आफ्नै भवन निर्माण पश्चात शैक्षिक गुणस्तर अभिवृद्धि र कलेजको स्थायित्वमा थप बल पुग्ने विश्वास व्यक्त गरे । कलेजको अहिलेको टिम भरोसायोग्य भएकाले कलेजले विगत २२ वर्षमा हासिल गरेको विरासतलाई कायम राख्दै थप उचाई र उत्कृष्टता हासिल गर्ने उल्लेख गर्दै कलेजको उत्तर उत्तर प्रगतिको कामना व्यक्त गरे ।

सोही समारोहलाई सम्वोधनगर्दै पूर्वाञ्चल विश्वविद्यालयका रजिष्ट्रार निलमणि पोखरेलले हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजले सुरुका दिनमा पूर्वाञ्चल विश्वविद्यालयलाई पूर्व मेचि देखि पश्चिम महाकालीसम्म चिनाउने काम गरेको र विद्यार्थीहरुको पहिलो रोजाइको कलेज रहेका बताए ।
परीक्षा नियन्त्रक प्रा.मोहन बहादुर वस्नेतले पूर्वाञ्चल विश्वविद्यालयले समयानुकुल परीक्षा प्रणालीमा सुधार गर्दै आइरहेको र अझै यसलाई परिष्कृत गर्दैै जाने बताउदै कलेजको उत्तरोत्तर प्रगतिको कामना गरे । उक्त समारोहलाई त्रिभूवन विश्वविद्यालय, इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुलचोक क्याम्पसका प्रा.डा.विनोद पराजुली र पूर्वाञ्चल विश्वविद्यालय शिक्षक संघका सभापति डा.सन्देश दास श्रेष्ठले पनि सम्वोधन गरेका थिए । समारोहको अध्यक्षता कलेजका पिन्सिपल प्रा।तोयानारायण पौडेलले गरेका थिए भने कार्यक्रम संचालन कलेजका प्रमुख प्रशासकीय अधिकृत नारायण आचार्यले गरेका थिए । कलेजका भाईस प्रिन्सिपल डा।अजय खड्काले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमा कलेजका अध्यक्ष ई.लक्ष्मण पोखरेलको पनि उपस्थिति थियो । कार्यक्रममा कलेजका प्राध्यापक, शिक्षक, कर्मचारी एवम् विद्यार्थीहरुको समेत सहभागिता थियो ।

रामशाहपथ, पुतलीसडक स्थित ह्वाइट हाउस इन्टरनेशनल कलेज पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा विगत २२ बर्षदेखि अविछिन्न रुपमा सञ्चालित नेपालकै एक उत्कृष्ट कलेज हो । यस कलेजमा स्कूल अफ् साइनस एण्ड टेक्नोलोजि इन्जिनियरिङ अन्तर्गत बिई सिभिल,बिई कम्प्युटर बिई इलेक्स् ,कम अटोमोसन, बिटेक इन बायोटेक्नोलोजि, र बिआईटी कार्यक्रमहरु सञ्चालनमा छन् भने स्नातकतहमा स्कूल अफम्यानेजमेन्ट र आर्टस अत्तर्गत बिबिए, बिएचएम, बिएलएएस र स्नातकोत्तर तहमा एमबिए र ईएमबिए कार्यक्रमहरु सञ्चालित छन् ।

प्रतिक्रिया दिनुहोस