राष्ट्रिय सम्पत्तिको लेखापरिक्षण गर्नुपर्ने आवश्यकता भयो : अर्थमन्त्री शर्मा

सफल खबर संवाददाता

मंगलबार, २० बैशाख २०७९, १५ : ५३
राष्ट्रिय सम्पत्तिको लेखापरिक्षण गर्नुपर्ने आवश्यकता भयो : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको राष्ट्रिय सम्पत्तिको लेखापरिक्षण गर्नुपर्ने आवश्यकता भएको बताएका छन। मंगलबार काठमाडौंमा सुरु भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री शर्माले राष्ट्रिय सम्पत्ति पहिचान गर्नको लागि मुलुकको राष्ट्रिय सम्पत्तिको लेखा परिक्षण गर्नुपर्ने आवश्यकता भएको बताए ।

उनले मुलुकको विभिन्न क्षेत्रमा लेखा परिक्षण गरेर राष्ट्रको सम्पत्ति एकिन गर्न सक्नु पर्ने बताए । मुलुक भित्रका हिमालहरु, तराई, पहाड, नदिहरु, झरनाहरु , श्रमिक र युवा बहुल श्रमिकहरुको मूल्य पहिचान गरेर लेखा परिक्षण गर्नु पर्ने बेला आएको भन्दै मन्त्री शर्माले लेखा परिक्षकहरुलाई परिक्षण गर्न आग्रह गरे। उनले यस्तो कुराहरुको लेखा परिक्षण नगरि राष्ट्र निर्माणलाई नयाँ दिशा दिन नसकिने बताए ।

अर्थमन्त्री शर्माले मुलुकमा विद्यमान गरिबी अन्त्य नहुनुको कारण खोजी गर्न पनि लेखा परिक्षण गर्नु पर्ने बेला भएको बताए । उनले विगतमा लेखा परिक्षण गर्दा प्लस राख्ने ठाउँमा शुन्य राखिएकाले गरिबी अन्त्य नभएको बताए। अब मुलुकको गरिबीको लेखा परिक्षण गरिएन भने गरिबी अन्त्य गर्न नसकिने मन्त्री शर्माको तर्क थियो । उनले कसरी मुलुकमा व्यापार घाटा भइरहेको छ, त्यसको पनि लेखा परिक्षण गरिएन भने थप चुनौती बढ्दै जाने बताए ।

मुलुकमा हुने उत्पादन, कृषि जमिनको समेत लेखा परिक्षण गर्नु पर्ने भन्दै अर्थमन्त्री शर्माले यस्ता कुराको लेखा परिक्षण नहुँदा ८ महिनामा ३ अर्बको आयात गर्नु परेको बताए ।अर्थमन्त्री शर्माले विगतमा लेखा परिक्षणमा कहाँ–कहाँ त्रुटी भएको छ ? त्यसको खोजी भईरहेको बताए । लेखा परिक्षकहरुले परिक्षण गर्दा भाग गर्ने चिन्ह प्रयोग गर्न पर्ने स्थानमा गुणा गरियो भने ठूलो समस्या र चुनौती आउनु भन्दै मन्त्री शर्माले इमानदारिता, जिम्मेवारी भएर लेखा परिक्षण गर्नु पर्ने बताए।

उनले लेखा परिक्षण गर्ने परिक्षक व्यक्तिगत स्वाथ्र्यमा लाग्यो भने देशको अर्थतन्त्र वा समग्र प्रणालीमा नै असर पर्नेतर्फ सचेत गराए।

प्रतिक्रिया दिनुहोस