नयाँ दिल्ली । मुम्बईबाट पश्चिम वंगालको दुर्गापुरका लागि उडेको स्पाइस जेट बोइङ बी ७३७ विमानले अवतरणको क्रममा ठूलाे आँधीको सामना गरेको छ । आँधीबीच चालकले विमानलाई सुरक्षित अवतरण गराएका थिए ।
आकस्मिक अवतरणका क्रममा कम्तीमा १४ जना यात्रु र चालक दलका ३ सदस्य घाइते भएका भारतीय समाचार संस्था एनडीटीभीले जनाएकाे छ । दुर्गापुरस्थित काजी नजरूल इस्लाम एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान तुफानमा फसेको थियो ।
दुर्घटनामा केही यात्रुको टाउकोमा चोट लागेको छ । आँधीले विमान हल्लिएपछि केविनका सामान खस्दा यात्रुको टाउकोमा चोट लागेको थियो । ‘ओर्लने क्रममा तीन ओटा झट्का लागेको थियो ’, एक यात्रुले भने । दुर्घटनाप्रति स्पेस जेटले दुःख व्यक्त गरेको छ ।
नागरिक उड्यन महानिर्देशनालयले दुर्घटनाबारे अनुसन्धान गर्न आदेश दिएको छ । दुर्घटनाप्रति स्पेस जेटले दुःख व्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १९ बैशाख २०७९, १२ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकी हवाईअड्डामा विमान ठोक्किँदा भीषण आगलागी
अमेरिकामा विमान खस्यो, ४ जनाको मृत्यु
यात्रुले विमानलाई बमले उडाइदिने धम्की दिएपछि.....
लन्डनमा उड्नेबित्तिकै खस्यो विमान
कतारले अमेरिकालाई दियो विमान उपहार
आकाशमै टायर पड्किएपछि विमानको आकस्मिक अवतरण