कोरोना अपडेट : थप २० जनामा संक्रमण पुष्टि, २७ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

आइतबार, १८ बैशाख २०७९, १५ : ५७
कोरोना अपडेट : थप २० जनामा संक्रमण पुष्टि, २७ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५०८ जनाको पीसीआर परीक्षणमा १२ जना र ७१४ जनाको एन्टीजेन परीक्षणमा २ जना गरी २० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट २७ जना निको भएका छन् भने हाल देशभर २२१ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २१५ होम आइसोलेसनमा रहेका छन् भने ६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १ जना आईसीयूमाख रहेका छन । 

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ९०० पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६६ हजार ६२९ जना संक्रमणमुक्त भएका छन् ।