गभर्नर अधिकारीको मुद्दामा सर्वोच्चले दियो अन्तरिम आदेशको निरन्तरता

सफल खबर संवाददाता

शुक्रबार, १६ बैशाख २०७९, १७ : ३८
गभर्नर अधिकारीको मुद्दामा सर्वोच्चले दियो अन्तरिम आदेशको निरन्तरता

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासले यसअघि जारी भएको अन्तरकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

सर्वोच्चले वैशाख ६ मा गर्भनर अधिकारीलाई पदीय जिम्मेवारीमा फर्कन अन्तरिम आदेश जारी गरेको थियो । दुवै पक्षको छलफलपछि सर्वोच्चले शुक्रबार अन्तरिम आदेशलाई निरन्तरताको आदेश दिएको हो । सर्वोच्चले वैशाख ६ मै दिएको अन्तरकालीन अन्तरिम आदेशपछि गर्भनर अधिकारी आफ्नो नियमित काममा फर्किसकेका छन् । शुक्रबारको आदेशपछि उनलाई थप सहज भएको हो ।
 

प्रतिक्रिया दिनुहोस