सिमकोटमा म्यादी प्रहरी मृत फेला

सफल खबर संवाददाता

शुक्रबार, १६ बैशाख २०७९, ०७ : ५१
सिमकोटमा म्यादी प्रहरी मृत फेला

सिमकोट । हुम्ला सदरमुकाम सिमकोटमा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ ।

सिमकोट माथिल्लो बजारस्थित साथीको कोठामा पुगेका एक जना म्यादी प्रहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए ।

सर्केगाड गाउँपालिका(६ घर भइ हाल सिमकोटमा रहेका अन्दाजी ४५ वर्षीय जसबहादुर रोकायाको मृत्यु भएको ओझाले बताए । उनी साथीको कोठामा मृत फेला परेका थिए । झ्याल(ढोका बन्द रहेकोर उनी भूइँमा मृत फेला परेको ओझाले बताए । घटनाबारे कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस