एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष पोखरेलले छोडे पार्टी

सफल खबर संवाददाता

बुधबार, १४ बैशाख २०७९, १४ : ४०
एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष पोखरेलले छोडे पार्टी

हेटौंडा उपमहानगरपालिकाको मेयर पद आफूले नपाएपछि नेकपा एकीकृत समाजवादी पार्टी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले पार्टी परित्याग गरेका छन् । उनले हेटौंडामा एक पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने र स्वतन्त्र बस्ने घोषणा गरेका हुन् ।

उनले स्थानीय तह निर्वाचनमा भएको गठबन्धन र टिकट वितरणको विषयमा पार्टीले चालेको कदमको विरोध गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् । उनले नेकपा एमालेबाट विद्रोह गरेर आएको ८ महिना पछि पार्टी परित्याग गरेका हुन् । उनले एकीकृत समाजवादी पार्टी पनि एमाले जस्तै विधि र पद्धतिअनुसार नचलेको बताए । उनले हेटौंडाको मेयरमा दावी गर्दै आएका थिए । पार्टीका नेताहरुले आफुलाई जानकारी नै नगराइ हेटौंडाको मेयरमा एकीकृत समाजवादीकी मिनाकुमारी लामालाई उठाएको उनको आरोप छ ।

उनले पार्टी गठबन्धनको नाममा एउटा निजी कम्पनीको रुपमा सञ्चालन भइरहेको बताए । उनीसँगै जिल्ला सचिवालय सदस्य वीरेन्द्र डीसीले पनि पार्टी परित्यागको घोषणा गरेका छन् । उनले मनहरी, राक्सिारङ र कैलाशमा पार्टीले गठबन्धन गर्न असफल भएको, परिचित र संगठन निर्माणको काममा लागेकाहरूलाई बाइपास गरेको भन्दै पार्टी परित्याग गरेको बताए । उनीहरु दुवैले तत्काल कुनै पनि पार्टी प्रवेश नगर्ने स्वतन्त्र वामपन्थीको रुपमा रहने बताए । 

प्रतिक्रिया दिनुहोस